संसदको अवरोध हटाउन तीन दलका शीर्ष नेताको बैठक जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।

सदनको गतिरोध, संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा आजको बैठक केन्द्रित हुने बताइएको छ ।

ADVERTISEMENT

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ र सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्छ ।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको स्थितिमा शीर्ष नेताको छलफल भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?