आफ्नो पक्षमा रिपोर्ट गर्ने अखबारलाई चीनको १.३ लाख डलर अनुदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बेइजिङ । चीनले प्रशान्त क्षेत्रका सम्बन्धमा आफ्नो पक्षमा समाचार प्रकाशित गर्ने सोलोमन टापुको समाचार संस्था ‘द सोलोमन स्टार’ पत्रिकालाई १.३० मिलियन डलर अनुदान दिएको छ ।

द एशियन एजका अनुसार गत वर्ष सोलोमन टापुले चीनसँग सुरक्षा सम्झौता गरेको थियो। यसले अष्ट्रेलिया, अमेरिका र उनीहरूका सहयोगीहरूलाई चिन्तित बनाएको छ।

ADVERTISEMENT

जसका कारण उक्त क्षेत्रमा चिनियाँ सेनाको उपस्थितिको आशंका बढेको छ । सोलोमन टापुका प्रधानमन्त्रीले सन् २०१९ मा ताइवान माथिको बेइजिङको दाबीलाई कूटनीतिक मान्यता दिएका थिए।

सोलोमन स्टार अखबार र पाओआ एफएम रेडियो स्टेशनले जुलाई २०२२ मा चिनियाँ दूतावासलाई कोषको प्रस्ताव गरेको थियो। यसमा चीनले सोलोमन टापुका तर्फबाट बेइजिङलाई फाइदा पुर्याएको दाबी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *