पुरुषोत्तममास माहात्म्यको महिमाको केही प्रसंग

Read Time = 25 mins

✍️ तोयराज नेपाल
गत १४ गतेको अंकबाट क्रमशः
ती बालक शुकदेव १२ वर्षका भएपछि एक दिन फूल समिधा आदिका लागि सुदेव वनमा गए । शुकदेव साथीसँग जलक्रीडा गर्न पोखरीतर्फ गएर पौडी खेल्दा पोखरी डुबेर उनको मृत्यु भयो । साथीहरूले त्यो खबर ब्राहृमणका घरमा पुर्‍याएपछि शोकाकुल सुदेव र गौतमी पोखरीतर्फ गएर छोराको लास झिकेर काखमा लिई बडो विलाप गरेर रुन कराउन लागे । खान, पिउन, सुत्न सबै छोडेर छोराका चिन्तामा एक महिनासम्म विलाप गरे । त्यो महिना श्रीकृष्णको प्यारो महिना पुरुषोत्तम महिना परेको थियो । तर उनीहरूलाई थहा थिएगन, त्यो महिनादिन पूरै पानी पर्‍यो ।

ती दम्पतीले शोकका कारण त्यो सबै केही थाहा पाएनन्, महिनादिन बित्यो । आकाशबाट परेको पानीले स्नान भयो, पुत्र शोकका कारण नखाएको हुँदा उपवास भयो । शोककै कारण ननिदाउँदा जाग्राम भयो । यसरी नजानी नजानी पुरुषोत्तमको सेवन भयो, व्रत भयो । त्यस व्रतका कारण भगवान् हरि प्रसन्न भएर ब्राहृमण दम्पतीका अगाडि उपस्थित हुनुभयो र दर्शन दिनुभयो । ब्राहृमण दम्पतीले पनि पुत्रको मृतदेहलाई भूमिमा राखेर हतार हतार भगवानका पाउमा दण्डवत् प्रणाम गरे । भगवानले हे सुदेव ! तिमी धन्य छौ । तिम्रा छोराको आयु १२ हज्जार वर्षको हुनेछ । किन कि तिमीहरूले जस्तो गरी मेरो प्रिय पुरुषोत्तम मासको व्रत अरू कसैले गर्न सक्तैन । जसले महिनादिन पूरै स्नान गरेर, उपवास गरेर र जाग्राम बसेर पुरुषोत्तम मासको व्रत गर्‍यौं । यसका प्रभावले यस पुत्रका साथ लामो समयसम्म अतुल ऐश्वर्यले युक्त पृथिवीका सुखभोग भोग गरी पछि ब्रहृमलोकमा देवताको हज्जार वर्ष मानिसको ३६०००० वर्षसम्म आनन्द पूर्पक सुखभोग गरेर फेरि पृथिवीमा दृढधन्वा नामका राजा हुनेछौं र तिम्री पत्नी गौतमी गुणसुन्दरी रानी भएर दश हजार वर्षसम्म पृथिवीको भोग गरी विषयसुख भोगमा लागेर जब विष्णुलाई बिर्सन लाग्नेछौ त्यस बेला यही छोरो सुगाको रूपमा आएर तिमीलाई बोध गराउनेछ ।

सुगाका कुरा सुनेर चिन्तित भएका वेलामा वाल्मीकि मुनि आएर तिमीलाई ज्ञान प्रदान गरेर मोक्ष गराउनेछन् भनेर हरि भगवान् त्याहाँबाट अन्तर्धान हुनुभयो । यसपछि हरिभगवान्ले भनेझैँ पुत्रसमेत भएर पृथ्वीका सम्पूर्ण ऐश्वर्यसुखभो गरी ब्रहृमलोकमा समेत अनन्तकासम्म रहेर ब्रहृमलोकमा समेत सम्पूर्ण अनेक सुख ऐश्वर्य भोग गरी फेरि पृथ्वीको राजा भएर पनि तपाईँले धेरैकालसम्म राज्यसुखभोग गरिसक्नुभयो ।

सांसारिक भोगमा फसेर विष्णु भगवानलाई बिर्सन लाग्नुभएको हुँदा त्यही पूर्वजन्मको छोरो शुकदेवले नै सुगा भएर तपाईंलाई सम्झाएको हो । पूर्वजन्ममा नजानी/नजानी भएका पुरुषोत्तम मासका व्रतका प्रभावले तपाईंलाई यत्रो ठूलो ऐश्वर्य भोग प्राप्त भएको हो । नजानी भएका व्रतका प्रभावबाट ता यत्रो ऐश्वर्य भोग गर्न पाइन्छ ।

यसरी सांसारिक भोगमा फसेर विष्णु भगवानलाई बिर्सन लाग्नुभएको हुँदा त्यही पूर्वजन्मको छोरो शुकदेवले नै सुगा भएर तपाईंलाई सम्झाएको हो । पूर्वजन्ममा नजानी/नजानी भएका पुरुषोत्तम मासका व्रतका प्रभावले तपाईंलाई यत्रो ठूलो ऐश्वर्य भोग प्रपाप्त भएको हो । नजानी भएका व्रतका प्रभावबाट ता यत्रो ऐश्वर्य भोग गर्न पाइन्छ भने श्रद्धा एवं भक्तिपूर्वक स्नान दान, जप, पाठ, पूजा, यज्ञ, होम, तर्पण, दैनिक ३३ मालपुवा दान, ब्राहृमण भोजनसमेत गराएर पुरुषोत्तम मासको उद्यापनसमेत गर्दाको पुण्यको प्रभाव कस्तो होला भनेर भनिरहनु नपर्ला ।

वाल्मीकि ऋषि आफ्ना आश्रमतिर जान लाग्दा राजाले पुरुषोत्तम मासको व्रत विधान सोधे वाल्मीकिले पनि पुरुषोत्तममासको व्रतका सबै विधान बताएर आश्रम तिर जानुभयो । राजाले पनि त्यसपछि आउने पुरुषोत्तम मासको विधिपूर्वक व्रत गरी उद्यापन गरे । त्यसपछि मनमा वैराग्य लिई छोराहरूलाई राज्य भार दिएर पत्नीसहित वनमा गएर परमेश्वर पुरुषोत्तमको तपस्या गरेर बसेका थिए । त्यहीँ नै भगवानका पार्षद् पुण्यशील र सुशील आएर विमानमा राखी गोलोधाममा लगेर भगवान् पुरुषोत्तमका सान्निध्यमा आनन्दपूर्वक राखे । नारायणले नारदलाई भन्नुभएको पनि छ ।
एकमप्युपवासं यः करोत्यस्मिन् तपोनिधे । असावनन्तपापानि भस्मीकृत्य द्विजोत्तम ।
सुरयानं समारुहृय वैकुण्ठं याति मानवः ।। पु.मा. १९ र ६ अर्थात् मानिसले एक दिनमात्रै पनि उपवास बसेर पुरुषोत्तमको व्रत गर्दा पनि मनुष्यका सम्पूर्ण पाप नाश भई वैकुण्ठ बास गर्न पाउँछन् । त्यस कारण हामी पनि पुरुषोत्तम मासमा श्रद्धा एवं भक्तिपूर्वक माथि भनिएका जप, दान आदि कर्म यथाशक्ति गरी राधासहित पुरुषोत्तम भगवानको आराधना गर्न सकियो भने उत्तम फल प्राप्त हुन्छ । महिना दिन भरि नै काँसका थालमा सधैं दिनको ३३ माल पुवा दान गर्ने शस्त्रमा बताएको छ ।

यदि सबैको अवस्था अनुकुल रहे १५ दिन, यदि त्यो सकिएन भने १० दिन, त्यो पानि नसके पाँच दिन र त्यो पनि नसके तीन दिन त्यो पनि असम्भव भए वा नसके एक दिनमात्र भए पनि अवश्य ३३ मालपुवा दान गरेमा त्यस पुण्यका प्रभावले समस्त पाप नाश हुनुका साथै यस लोकमा सुख समृद्धि प्राप्त गरी परलोकमा पुरुषोत्तम भगवानको गोलोकधामका ऐश्वर्य भोग गर्न अवश्य समर्थ हुनेछौं ।

ADVERTISEMENT

पुत्र प्राप्तिको अर्को प्रसंग
सुदेव नामका ब्राहृमणले सुन्दरी नामकी पत्नीसहित भएर पुत्र प्राप्तिका लागि हरि भगवानको चार हज्जार वर्षसम्म तपस्या गरे । अनि हरि भगवान् प्रसन्न भएर गरुडमा सबार भई दर्शन दिनुरभयो र तपस्याबाट म प्रसनन्न भएँ वर मागभन्दा सुदेवले मलाई पुत्रको वरदान दिनुहोस् भनी माग्दा हे ¤ सुदेव तिमीलाई पुत्र लेखेको छैन, म दिन सक्तिन भन्नुभयो । त्यो सुन्नेबित्तिकै सुदेव मूर्छित भइँ भूमिमा ढले । पति ढलेको देखेर पत्नी रुँदै विलाप गर्न लागिन् । केही बेरमा सुन्दरीले धैर्यधारण गरी उठेर पतिलाई सम्झाउन लागिन्–
विधात्रा लिखितं भाले तल्लभेत शुभाशुभम् ।
किं करोति रमानाथः स्वकृतं भुञ्जते नराः ।।
अभाग्यस्य कृतोद्योगो मुमूर्षोरिव भेषजम् ।
तस्य सर्वं भवेद् व्यर्थं यस्य दैवमदक्षिणम् ।। पु.मा.१५, १९ र २०
हे ¤ स्वामी उठ्नुहोस्, मैले भनेको सम्झनुहुन्न, विधाताले निधारमा जे लेखेको छ, त्यही प्राप्त हुन्छ । आफ्नो कर्म जस्तो छ, उस्तै मानिसले भोग गर्ने हो । अभागीले जति उद्योग गरे पनि मर्न आँटेकालाई औषधिले जस्तै केही काम गर्दैन, त्यस्तै अभागीको काम पनि बन्दैन । यज्ञ, दान, तपस्या । व्रत आदि भन्दा हरिको सेवा सर्वश्रेष्ठ छ, तर त्यो भन्दा दैवबलवान् हुन्छ । त्यस कारण सर्वत्र भाग्यको अवलम्बन गर्दै सत्कर्म गर्नुहोस् । यसमा भगवान्ले के गर्नुहुन्छ, भनेर सम्झाउँदा पनि सुदेवले हठ गर्न छाडेनन् । अनि गरुडजीले भगवान्सँग अनुरोध गरेर पुत्र प्राप्तिको वरदान दिनुभयो र भन्नुभयो, हे ब्राहृमणदेव तपाईंले धेरै हठ गरेको हुँदा पुत्र ता प्राप्ति हुन्छ, तर हठका कारणबाट प्राप्त पुत्रबाट तपाईंले धेरै नै दुःख पउनुहुनेछ, भन्नुभयो । पछि पुत्र भयो तर १२ वर्षको हुँदा त्यो पुत्रको मृत्यु भयो । पुत्रमृत्युका कारण उनीहरूलाई ठूलो कष्ट भयो । एक महिनासम्म खान, पिउन, सुत्न नसकी निरन्तर वर्षिएका पानीमा भिजेर अचेत भए । तर त्यो समय पुरुषोत्तम मास परेको हुँदा भिजेकाले स्नान, खान नपाएकाले उपवास र निदाउन नसकेकाले जाग्राम हुन गएकाले घुँडाक्षर न्यायले पुरुषोत्तम मासको व्रत हुन पुगेछ । अनि भगवान् प्रसन्न भएएर छोरो बचाइदिनुभयो र भन्नुभयो, हे सुदेवजी ! हठ गर्दा प्राप्त पुत्रबाट दुःख भएको एउटा उपाख्यान सुनाउँछु सुन्नुहनेस् । कुनै समयमा ‘धनु’ नामका मुनिले सन्तानबाट हुने पीरले पिरोलिएका मानिसको दुःख देखेर खिन्न भएर कहिल्यै नमर्ने छोरो प्राप्तिका लागि देवताको कठोर तपस्या गरे । तपस्याबाट प्रसन्न भएका देवताले वरदान मागभन्दा मुनिले कहिल्यै नमर्ने छोरो पाऊँ भनेर मागे । देवताहरूले-यस्तो पुत्रता संसारमा कसैको छैन । हामी दिन सक्तैनौं भने । अनि मुनिले भने ¤ त्यसो भए यो पर्वत जहिलेसम्म रहन्छ तहिलेसम्मको आयु भएको छोरो दिनुहोस् भने । देवताहरूले तथास्तु भनी वरदान दिए । कालान्तरमा छोरो भयो र बढ्दै गयो । उमेर पुगेपछि उद्दण्ड हुँदै गयो । धनुमुनिले छोरालाई बाबु ऋषिमुनिको अपहेलना गर्नुहुँदैन है भने, तर उन्मत्त भएर बाबुले भनेको नटेरी मनपरी गर्न लाग्यो ।

पुरुषोत्तम मासमा दीपदान गर, तिमीहरूका दुःख दारिद्र र पाप सबै नाश भई स्वर्गलोकको सुख भोगसमेत प्राप्त गर्नेछौं भनेर उग्रदेव ब्राहृमण पुरुषोत्तम भगवान्लाई सम्झँदै प्रयागतिर लागे । मणिग्रीव र सुन्दरी पनि पुरुषोत्तम भगवान्लाई सम्झना गर्दै रहे । तीन महिनापछि पुरुषोत्तम मासमा चिउरीका घ्यूमा पुरुषोत्तम भगवानका प्रसन्नताका निम्ति विधिपूर्वक अखण्ड दीपदान गरे ।

कुनै बेला महिष नामका ज्यादै रिसाहा मुनि शालिग्रामको पूजा गर्दै थिए, त्यही केटो आएर शालिग्राम टिपेर इनारमा फ्याँकिदियो । मुनिले रिसले आजै तेरो मृत्यु हवोस् भन्ने श्राप दिए, तर मृत्यु भएन । किन मृत्यु भएन भनेर ध्यानदृष्टिले विचार गर्दा पर्वत रहेसम्म मृत्यु नहुने वरदानका कारणले मृत्यु नभएको भन्ने बुझेपछि मुनिलाई चिन्ता लाग्यो र लामो निःश्वास प्रकट भयो । त्यस निश्वासबाट करोडौं राँगाहरू निस्किएर सिँगौरी खेल्दै एकैछिनमा त्यस पर्वतलाई धूलोपीठो बानाए । त्यसपछि धनुमुनिका छोराको तत्काल मृत्यु भयो । छोराको मृत्यु भएपछि धनुमुनिले धेरै विलाप गरेर त्यो छोराका लाससँगै चितामा प्रवेश गरे । त्यस कारण जबर्जस्ती गरेर प्राप्त भएका छोराबाट कसैलाई सुख प्राप्त हुँदैन । हे सुदेव तपाईंले पनि मैले हुन्नभन्दा जबरजस्ती गरेको हुँदा गरुडका आग्रहले छोरो भयो, तर त्यस पुत्रबाट तपाईंहरूलाई धेरै दुःख भयो । अज्ञानवश तपाईंहरूबाट भएको पुरुषोत्तम मासको व्रतका प्रभावले यस पुत्रको १२ हज्जार वर्षको आयु हुनेछ । साथै यसै पुत्रबाट पुत्रसुख प्राप्त गर्नुहुनेछ र धेरै समयसम्म सुख समृद्धिपूर्वक गृस्थाश्रमको उपभोग गरी ब्रहृमलोकका सुखसमेत भोग गरी फेरि पृथिवीमा दृढधन्वा राजा भएर राज्य भोग गर्नुहुनेछ । नजानिकन भएका व्रतका प्रभावले ता यत्रो सुख–सुविधा प्राप्त हुन्छ भने श्रद्धा एवं भक्तिपूर्वक पुरुषोत्तम मासको व्रत बसी स्नान, दान, जप, पूजा, पाठ, हवन तर्पण, भजन, कीर्तन आदि शुभकर्म पूर्वक राधासहित पुरुषोत्तम भगवानको आराधना गरी काँसका थालमा ३३ मालपुवा दानसमेत गर्दाको पुण्यको प्रभाव कस्तो होला भनी भगवान् बैकुण्ठलोकतिर जानुभयो ।

पुरुषोत्तममास र दीपदानको महत्व
सौभाग्य नगरमा चित्रबाहु नामका राजा थिए । तिनकी चन्द्रकला नामकी ज्यादै पतिव्रता रानी थिइन् । ती राजा ज्यादै विष्णुभक्त थिए । एक दिन तिनका दरबारमा अगस्त्य ऋषि आउनुभयो । राजाले बडो आदरसँग स्वागत सत्कार गरेर हजुुर जस्ता श्रीकृष्णका भक्तलाई म राज्य नै समर्पण गर्दछु भनेर राज्य दिए । अगस्त्यले हेराजन् मेरा आज्ञाले तपाईं नै यो राज्य गर्नुहोस् भन्नुभयो । अनि रानी चन्द्रकलाले पनि मुनिलाई अत्यन्त भक्तिले प्रणाम गरिन् । उनलाई सौभाग्यवती भवः भनेर आशीर्वाद दिए । अनि मुनि हिँड्न लागेका थिए, राजाले सोधे हे ऋषिवर यो यत्रो अकण्टक राज्य मैले कुन पु्ण्यले गर्दा पाएको होला भनेर सोधे । अगस्त्यले भन्नुभयो हेराजन् तपाईं पूर्वजन्ममा चमत्कार पुरमा मणिग्रीव नामका शूद्र हनुहुन्थ्यो । यी तपाईंकी रानी चन्द्रकला सुन्दरी नामकी मणिग्रीवकी पत्नी थिइन् । ती सुन्दरी ज्यादै पतिव्रता थिइन् । त्यसबेला ती मणिग्रीव ज्यादै दुष्ट स्वभावका र पापकर्ममा लागेका हुँदा सबै दाजुभाइले त्यागिदिएका थिए । राजाले सबै धन अपहरण गरी देशनिकाला गरिदिए । तर पत्नी ले भने उनीप्रति कहिल्यै दुर्भाव रखिनन् । बाँच्नै मुस्किल परेको हुँदा पत्नीसहित मणिग्रीव जंगलमा गए र अनेक जीव जन्तुको हत्या गरेर जीवन निर्वाह गर्दै रहेका थिए । एक दिन उग्रदेव नामका एकजना ब्राहृमण जंगलमा बाटो बिराएर तिर्खाले पीडित भई बेहोस् भएर ढले । मणिग्रीवले उठाएर आश्रममा लगे । केही बेरमा ब्राहृमणको होस् खुल्यो । अनि म काहाँ आएँ भनेर अश्चर्यमा परे । मणिग्रीवले हातमा समाएर तलाउमा पुर्‍याए । उनले स्नान सन्ध्या गरेपछि मणिग्रीवले पत्नीलाई फलफूल ल्याउन भने । उनले फलफूल ल्याएर ब्राहृमणका अगाडि राखेपछि तिमीहरू को हौ ? नचिनेकाले दिएको खानु हुँदैन भन्ने शास्त्रमा वर्णित छ, भने । अनि मणिग्रीवले भने म मणिग्रीव नामको शूद्र हुँ, यी मेरी पत्नी सुन्दरी हुन् । भनेपछि उग्रदेवले फलफूल खाए । अनि मणिग्रीवले सोधे, हजुरको हुनुहुन्छ र कताजान आउनुभएको हो ? उग्रदेवले भने म उग्रदेव नामको ब्राहृमण हुँ, प्रयाग जान लागेको बाटो भुलेँ भने । अनि मणिग्रीवले सोधे हे प्रभु मेरो दारिद्र कसरी नास हुन्छ ? केही उपाय भए बताइदिनुहोस् । अनि उग्रदेवले भने मर्न आँटेको मलाई तिमीहरूले उद्धार गरेका हुँदा म तिमीहरूको पनि दुःख नास गर्ने उपाय बताउँछु, सुन ।
विना व्रतैर्विना तीर्थैर्विना दानैरयत्नतः ।
दारिद्रं ते लयं याति तथा निर्धारितं मया ।।
पुरुषोत्तममास माहात्म्य २४ र ११
अर्थात् व्रत, तीर्थ, दान आदि विना सजिलैसँग तिमीहरूको दरिद्रता नाश हुने एउटा उपाय मैले निश्चित गरेको छु । त्यो के हो भने आजका तीन महिनामा पुरुषोत्तम मास उँदैछ, त्यसमा पुरुषोत्तम भगवानका प्रसन्नताका लागि विधिपूर्वक दीपदान (बत्ती बाल्नेकाम) गर्नू । यसबाट भगवान् पुरुषोत्तम प्रसन्न भएर दुःख दारिद्र र पाप नाश गरी सुख समृद्धि प्रदान गर्नुहुनेछ । भनिएको छ,
वेदोक्तानि च कर्माणि दाननि विविधानि च ।
पुरुषोत्तमदीपस्य कलां नानर्तित षोडशीम् ।।
पु.मा. २४ र १९
कृच्छचान्द्रायणादीनि व्रतानि निखिलानि च ।
पुरुषोत्तमदीपस्य कलां नार्हन्त षोडशीम् ।।
पु.मा.२४ र २२
अर्थात् वेदोक्त सबै कर्म, दान, चान्द्रायण आदि व्रत, तीर्थ, वेदाभ्यास, योगाभ्यास आदि सबै कुराभन्दा पुरुषोत्तम मासमा दीपदान गर्दाको पुण्य ठूलो हुन्छ । यसबाट समस्त पाप, दुःख दारिद्र नाश भई आफ्ना सबै मनोकामना पूर्ण हुन्छन् । त्यसकारण पुरुषोत्तम मासमा दीपदान गर, तिमीहरूका दुःख दारिद्र र पाप सबै नाश भई स्वर्गलोकको सुख भोगसमेत प्राप्त गर्नेछौं भनेर उग्रदेव ब्राहृमण पुरुषोत्तम भगवान्लाई सम्झँदै प्रयागतिर लागे । मणिग्रीव र सुन्दरी पनि पुरुषोत्तम भगवान्लाई सम्झना गर्दै रहे । तीन महिनापछि पुरुषोत्तम मासमा चिउरीका घ्यूमा पुरुषोत्तम भगवानका प्रसन्नताका निम्ति विधिपूर्वक अखण्ड दीपदान गरे । त्यस पुण्यका प्रभावले उनीहरूको दरिद्रता र पाप नाश भई सुख समद्धि प्राप्त भयो । कालान्तरमा उनीहरूको देह विसर्जन भएपछि स्वर्गमा गएर धेरै समयसम्म स्वर्गीय भोग भोगी त्याहाँबाट पृथिवीमा त्यही मणिग्रीव नै चित्रबाहुराजा भएर तपाईं यो राज्यभोग गर्दै हुनुहुन्छ । मणिग्रीवकी पत्नी सुन्दरी नै यी तपाईंकी रानी चन्द्रकला भएर जन्मिएकी हुन् । हेराजन् हेर्नोस्, यो सबै ऐश्वर्य पूर्वजन्ममा पुरुषोत्तम मासमा दीपदान गरेका पुण्यका प्रभावले प्राप्त भएको हो ।

पुरुषोत्तम भगवान् भनेका सबैभन्दा ठूला देवता हुन् । पुरुषोत्तमको व्रत भनेको सबैभन्दा ठूलो व्रत हो । भनेर अगस्त्य ऋषि आफ्ना आश्रम तिर जानुभयो । राजा चित्रबाहु र रानी चन्द्रकलाले पनि यो सबै पुरुषोत्तमको प्रसाद रहेछ भन्ने ठानी निरन्तर पुरुषोत्त भगवानमा चित्त लगाई राज्य भोग गर्दै अन्त्यमा उत्तम गति प्राप्त गरे । त्यसकारण जबर्जस्ती गरी पुत्रपैदा गर्नतिर लाग्दा दुःख हुने र पुरुषोत्तम मासको व्रतको महत्व ठूलो रहेछ भन्ने शिक्षा यस कथाबाट लिनुपर्दछ । त्यस कारण पुरुषोत्तम मासमा दीपदान गर्नु सबैभन्दा ठूलो पुण्य छ भन्न खोजिएको छ । ॐ सराधाय पुरुषोत्तमाय नमः । ॐ श्रीकृष्णार्पणमस्तु ।।

त्यसकारण जबर्जस्ती गरी पुत्रपैदा गर्नतिर लाग्दा दुःख हुने र पुरुषोत्तम मासको व्रतको महत्व ठूलो रहेछ भन्ने शिक्षा यस कथाबाट लिनुपर्दछ । त्यसकारण हामी पनि पुरुषोत्तमासको यथाशक्ति व्रत गरौं, हाम्री सबैको कल्याण हुनेछ । ॐ राधाय पुरुषोत्तमाय नमः । क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *