इटालीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० आप्रवासी बेपत्ता

Read Time = 2 mins

रोम । इटालीको लाम्पेडुसा टापुमा दुईवटा डुंगा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले आइतबार जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार एउटा डुंगामा सवार करिब २८ जना समुद्रमा हराइरहेका छन् भने अर्को डुंगामा सवार तीनजना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फ्याक्सबाट बिहीबार छ्टेका दुवै डुंगा फलामका थिए ।

आइओएमका सांस्कृतिक मध्यस्थताकर्ताले जीवित व्यक्तिसँग कुरा गरेपछि ‘कम्तीमा ३० जना हराइरहेको’ विश्वास गरेको प्रेस अधिकारी फ्लाभियो डि जियाकोमोले एएफपीलाई बताउनुभयो । इटालीको सिसिली टापुको एग्रीजेन्टोमा जहाज दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

ADVERTISEMENT

एग्रिजेन्टोका प्रहरी प्रमुख इमानुएल रिसिफारीले मानव तस्करलाई समुद्र खराब मौसमको पूर्वानुमानबारे जारी सूचना थाहा भए पनि उनीहरूले सुरक्षा अधिकारीलाई झुक्याउन समुद्रको यात्रा गर्न लगाएको बताउनुभयो । उहाँले इटालियन सञ्चारमाध्यमसँग भन्नुभयो, ‘यो समुद्रबाट यात्रा गर्न जसले अनुमति दिन्छ वा जबरजस्ती गर्छ, त्यो बेइमान, अपराधी वा पागल हो ।’

आगामी केही दिन मौसमको प्रतिकूलताका कारण अशान्त समुद्रको पूर्वानुमान गरिएको छ । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज