सुडानमा एक करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यक : युनिसेफ

Read Time = 2 mins

खार्तुम । सुडानमा एक करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको संकटलाई थप गहिरो बनाएको पनि सिएनएनले जनाएको छ । सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन् । यो संख्या पछिल्लो संकटअघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरुक्त संख्या हो ।

पाँच वर्ष मुनिका ३० लाख बालबालिका कुपोषित छन् भने सात लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन् । एक वर्षमुनिका १७ लाख बालबालिका महत्वपूर्ण खोपबाट वञ्चित छन् । अप्रिलको मध्यमा सुडानमा द्वन्द्व सुरु भएदेखि युनिसेफका अनुसार कम्तीमा ४३५ बालबालिका मारिएका छन् र २,०२५ भन्दा बढी घाइते भएको पनि सीएनएनले रिपोर्ट गरेको छ ।

ADVERTISEMENT

सुडानमा दुई करोडभन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन् जुन संख्या गत वर्षको तुलनामा झण्डै दोब्बर भएको पनि संयुक्त राष्ट्रसंघले बिहीबार चेतावनी दिएको छ ।

अप्रिल १५ मा सेना र र्‍यापिड सपोर्ट फोर्सबीच युद्ध सुरु भएको थियो । यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका आठ लाख ४४ हजारसहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । रासस/एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?