भोजपुर । ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिको निर्देशन अनुसार भोजपुर नगरपालिका १२, टक्सारको तीनधारा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण सहित प्रसिद्ध मठमन्दिरहरु र तीन धाराको सरसफाई गरिएको छ ।
कोशी प्रदेश सासंद सिर्जना राई, एमाले जिल्ला अध्यक्ष शरण कुमार राई, युवा संघ पदाधिकारी लगायतकोे सहभागितामा युवा संघ नगर कमिटि भोजपुरको आयोजना तथा डिभिजन बन कार्यालय भोजपुर र तीनधारा सामुदायिक बन उपभोक्ता समितिको समन्वयमा बृक्षरोपण तथा सरसफाई अभियान गरिएको युवा संघ नेपाल केन्द्रीय कमिटि सदस्य बिमल रणपहेलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय अभियान एक युवा पाँच बिरुवा अन्तर्गत वृक्षारोपण तथा सरसफाई कार्यक्रम भएको हो ।”
‘मिसन अर्को चुनाव, नयाँ पुस्ताको लक्ष्य’ भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको चार महिने अभियान समेत सुरु गरेको छ । सरसफाईसँगै कल्की, अमला, तेजपत्ता, रूद्राक्ष, ओखर, आरू लगायतका विभिन्न जातका २ सय बढी बिरूवा बन क्षेत्रमा रोपिएको युवा संघ भोजपुर नगर कमिटि अध्यक्ष दिपेन दर्नालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच