काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगसहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि १५ दिने सूचना प्रकाशन गरेको छ ।
परिषद्ले ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न भन्दै शनिबार सूचना निकालेको हो ।
परिषद्ले महालेखा परीक्षक, निर्वाचन आयोगमा रिक्त एक आयुक्त तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगको एक–एक सदस्यका लागि अभिलेख संकलन गर्न लागेको हो।
नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् वा संवैधानिक परिषदको इमेलमार्फत् बुझाउन सक्ने सूचनामा भनिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts