काठमाडौं । चलचित्र ‘रकस्टार’ को ‘कौन फाया कौन’ चलचित्र ‘गजनी’ को ‘गुजारिश’ चलचित्र ‘रांझना’ को ‘तुम तक’ चलचित्र ‘बजरंगी भाइजान’ को ‘तु जो मिला’ लगायतका पाँच सयभन्दा धेरै हिन्दी गीतका प्लेब्याक गायक जावेद अली शुक्रबार नेपाल आइपुग्नुभएको छ ।
प्रिभे नेपाल, द सोल्टी काठमाडौंमा प्रस्तुतिका लागि नेपाल आउनुभएका उहाँको नेपालमा हुने यो पहिलो प्रस्तुति हो । उस्ताद हमिद हुसेनका छोरा जावेद सानै उमेरदेखि लोकप्रिय कव्वाली गायनको वातावरणमा हुर्किनुभयो र विभिन्न संगीत प्रतियोगितामा भाग लिएर गायन कलालाई अझै निखार्दै बलिउडमा जम्म पुग्नुभयो ।
लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको कार्यक्रमका लागि अली नेपाल आउनुभएको हो । शुक्रबार हुने उहाँको प्रस्तुति हेर्न माइपे डिजिटल वालेटबाट टिकट लिन सकिने माइपेले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता