धादिङमा डेंगु संक्रमित बढे

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । पछिल्लो समयम धादिङको १३ स्थानीय तह मध्ये ११ स्थानीय तहमा डेंगु फैलिएको छ । हालसम्म धादिङमा ६६५ जनामा डेंगु संक्रमण पुष्टि भैसकेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यसमा सबै भन्दा बढी पुरुष रहेका छन् । संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका, धुनिबेशी नगरपालिका, गल्छी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका, सिद्द्लेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, गङ्गाजमुना गाउँपालिका,नेत्रावती गाउँपालिका, खनियबास गाउँपालिका रुवीभ्याली गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका रहेका छन् ।

साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ६६५ पुगेको छ । जसमा पुरुष ३५४, महिला ३११ जना छन् । हालसम्मको कुल संक्रमितमध्ये निलकण्ठका मात्रै ६०४ जना रहेका छन् । जसम पुरुष ३१९ र महिला २८५ जना छन् ।

साउन महिनासँगै भदौ र असोजमा डेंगुको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ । डेंगु लामखुट्टेबाट सर्ने रोग हो । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।

ADVERTISEMENT

ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु लाग्छ । डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन् ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?