काठमाडौं । प्राइम कमर्सियल बैंकमा स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृत(सिइओ)का रूपमा व्यवस्थापकीय नेतृत्वमा रहनुभएका नारायणदास मानन्धरको कार्यकाल साउन १६ मा समाप्त भएसँगै बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले सञ्जीव मानन्धरलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सिइओ) मा नियुक्त गरेको छ ।
सञ्जीव मानन्धर स्थापनाकालदेखि बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर सुरु गर्नुभएका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसक्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts