‘उपहार’मा बेनिशा र समर्पणजंग अनुबन्धित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रेखा फिल्मस्ले निर्माण गर्न लागेको चलचित्र ‘उपहार’मा अभिनेत्री बेनिशा हमाल र गतसाता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की अनुबन्धित हुनुभएको छ ।

निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुईजनालाई कलाकारको रूपमा अनुबन्धित गरिएको जानकारी दिनुभएको हो । बुद्ध एयरका व्यावसायिक पाइलटसमेत रहनुभएका कार्कीको यो डेब्यु चलचित्र हुनेछ ।

ADVERTISEMENT

चलचित्रको शीर्ष भूमिकामा यसअघि रेखासहित पूजा शर्मा र मुकुन भुसाल पनि फाइनल भइसक्नु भएको छ । चलचित्र भदौबाट छायांकन सुरु हुँदैछ । प्रेमकथामा बन्न लागेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?