व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिए फोन गर्नू : महानगरपालिका

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिएको पाइए ठाउँको ठाउँ कारबाही गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै व्यावसायिक भवन तथा कार्यालयहरुले पार्किङ वापत शुल्क लिएमा महानरपालिकाको मोबाइल नम्बर ९८५१०५१६१० मा फोन गर्न समेत आग्रह गरेको छ ।

ADVERTISEMENT

सो कार्यका लागि महानगरपालिकाले नगर प्रहरीका निरीक्षक धर्म भण्डारी सम्पर्क अधिकृत तोकेको छ ।

महानगरपालिकाले कुनै पनि व्यावसायिक भवन, कार्यालय, रेष्टुराँ, अस्पताललगायतलाई सेवाग्राहीबाट पार्किङ शुल्क नपाउने नियम लागू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *