काठमाडौं । सामसुङ नेपालले सामसुङ टिभीमा तीन वर्षसम्मको पूर्ण वारेन्टी अफर ल्याएको छ । वारेन्टी यस वर्षको अन्त्यअघि सामसुङको आधिकारिक आउटलेटबाट खरिद गरिएका सामसुङ टी, ए, बी र सी-सिरिज टिभी सेटमा लागू हुने कम्पनीले जनाएको छ ।
सामसुङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले भन्नुभयो, ‘यस अफरमार्फत् हाम्रा ग्राहकलाई हामीले पूर्ण सन्तुष्टि साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा हामीलाई पनि ठूलो आनन्द मिलेको छ । यो तीन वर्षको वारेन्टी अफरले सबै सामसुङ टिभीका ग्राहकलाई चिन्तामुक्त आश्वासन प्रदान गर्नेछ ।’ कम्पनीका अनुसार अफर क्युएलइदी, फ्रेम, युएचदी, एफएचदी टिभीजस्ता धेरै सामसुङ टिभी रेन्जमा लागू हुनेछ । वारेन्टी अफर २०२३ अगष्ट १ देखि ३२ इन्चदेखि ८५ इन्चका सामसुङ टिभी रेन्जअन्तर्गत खरिद गरिएका टिभीका लागि मान्य हुनेछ र डिसेम्बर ३१ मा अफर समाप्त हुनेछ ।
अफर नेपालका लागि सामसुङ टिभीको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टी, ए, बी र सी सिरिजका टिभीमा मात्र लागू हुनेछ । तीन वर्षको वारेन्टी अफरमा रिमोट भने समावेश छैन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता