प्रतिलिपि रजिष्ट्रारको विज्ञमा अधिकारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको कार्यालययले रचना दर्ताअन्तर्गत सफ्टवेयर प्रणालीको दर्ता सम्बन्धमा पेश भएका कागजातलगायतको अध्ययन तथा प्रमाणीकरणका लागि अधिकारीलाई विज्ञमा मनोनयन गरेको हो ।

सफ्टवेयरका सोर्सकोड, आइडिया, प्रोडक्टलगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेश गरेको कागजात अध्ययन तथा प्रमाणीकरणमा अधिकारीले सहजीकरण गर्नुहुनेछ ।

ADVERTISEMENT

सूचना प्रविधिसम्बन्धी विभिन्न सेवाको विकास तथा प्रयोग भइरहँदा यससम्बन्धी उत्पादनका निर्माता एवं हकवालाको अधिकारलाई कानुनीरूपमा सुरक्षित गर्न मद्दत गर्ने उहाँले बताउनुभयो । साथै आइटी क्षेत्रमा अनाधिकृत प्रतिलिपि, वितरण र सो सम्बन्धी प्रयोगलाई नियन्त्रण गर्न र सिर्जनाकर्ताको अधिकार संरक्षण तथा उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफ्नो सहयोग रहने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज