सेयर बजार सामान्य अंकले बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.८४ अंकले बढेर  २१०६.१८ विन्दुमा पु्गेको हो। सेन्सेटिभ इण्डेक्स  २.१८ अंकले बढेको छ।

आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँमा सेयर खरिदबिक्री भएको थियो।

कारोबार रकम आइतबारको तुलनामा घटेको छ।

ADVERTISEMENT

आज २६२ कम्पनीको  ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा सेयर खरिदविक्री भयो। आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

सनलाइन ब्लूचिप फण्डको सेयर मूल्य सर्वाधिक ७.१० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड बढि मूल्यको सेयर कारोबार भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज