हराउँदै पोषिलो खिरको मौलिक स्वाद

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ।

गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एकदिन मात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भएपनि डेरीको दूधमा खिर बनाएर खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ ।

हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ। भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ।

भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खिर पाक्न थालेकाले खिरको मौलिक स्वाद विस्थापित हुँदै गएको मालिका गाउँपालिका - ६ का टेकबहादुर सिउथानीले बताउनुभयो ।

“गाउँमागाईभैँसी पाल्न छोडिसके, बजारबाट दूधल्याएर प्रेसर कुकरमा सिठ्ठी लगाएर बनाइएको खिरमा पहिलाको जस्तो स्वाद कहाँ पाउँनु,” ६० वर्षीय सिउथानीले भन्नुभयो “दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खिर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहै छैन ।”

ADVERTISEMENT

गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खिर बनाइ सेवन गरेमा शरीरलाई पोषण तत्व प्राप्त हुने आर्युवेद शास्त्रमा उल्लेख छ। त्यस्तै वर्षा ऋतु, झरी-बादलका बेला र साउन महिनाको मध्यमा खिर खानाले शरीर स्वस्थ हुने भएकाले यस वर्षदेखि साउन १५ लाई खिर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।

वर्षेनी आजका दिन बेनी बजारका डेरी पसलमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुने गर्छ । कडेँल डेरीकी सञ्चालिका राधिका कडेँलकाअनुसार साउन १५ मा खिर खानकै लागि अघिल्लो दिन नै साविकको भन्दा ७० लिटर बढी दूध थपिए पनि सबैको माग पूरा गर्न सकिने अवस्था छैन ।

चौधौँ शताब्दीदेखि छिमेकी मुलुक चीनबाट शुरु भएको खिर खाने प्रचलन हाल विश्वका प्रायजसो मुलुकमा फैलिएको छ। विशेषगरी सार्क क्षेत्र, पश्चिम एसिया, उत्तरी अफ्रिका र मध्यपूर्वका देशमा खिर खाने चलन बढिरहेको पाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार देश दूधमा आत्मनिर्भर उन्मुख भएको देखिन्छ। प्रति व्यक्ति वार्षिक ९१ लिटर दूधआवश्यक पर्नेमा अहिले ७८ लिटर दूधप्राप्त हुने देखिएको १३ लिटर दूधमात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब रु ३० अर्बको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ । कृषि क्षेत्र मध्ये दूधमा गरिएको लगानी दोस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?