सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदन दिने सोमबार अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयभित्र यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । सन नेपाल लाइफले १ साउनदेखि आइपिओ बिक्री खुला गरेको हो । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणलाई जारी गर्दै छ ।

त्यसमध्येबाट १०५ अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपिओ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

ADVERTISEMENT

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आइपिओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपिओमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *