पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, १६ जना भन्दा बढीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

घटनाको पुष्टि गर्दै खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरले एएफपीसँग भन्नुभयो, “पार्टीका एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम थियो, तर उहाँ आउनुअघि बम विस्फोट भएको थियो ।”

ADVERTISEMENT

अफगानिस्तानसँग सीमा जोडिएको खार शहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विस्फोट गराइएको अनुमान प्रहरीको प्रारम्भिक अध्ययनबाट देखिएको उहाँले बताउनुभयो ।

जिल्लाका वरिष्ठ प्रशासन अधिकारी अनवर उल हकले समाचार तयार पार्दासम्म मृतकको सङ्ख्याबारे अझै आधिकारिकरूपमा जानकारी आइनसकेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?