काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(आइतबार) को मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ७०,घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी ४००, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,गाजर ११०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो २५, मकै बोडी ५०, टाटे सिमी ७०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ११०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५३०, किवि ८००, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा९मुंगरी० ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १६०, हरियो धनिया १००, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ४०, भेडे खुर्सानी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts