कालिञ्चोक गाउँपालिकामा गत आर्थिक वर्षमा साढे सात किलोमिटर सडक ढलान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-नवराज शिवाकोटी

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा साँढे सात किलो किलोमिटर भन्दा बढी सडकमा ढलान गर्ने काम सम्पन्न भएको छ । ठेक्काद्वारा तथा उपभोक्ता समितिमार्फत विभिन्न वडामा आवस्थित सडकहरुमा ढलान गरिएको हो ।

गत आर्थिक वर्षमा कालिञ्चोक गाउँपालिकाका विभिन्न वडा हरुमा रहेका सडकहरुमा कुल ७ हजार ६ सय ६ मिटर ढलान गरिएको कालिञ्चोक गाउँपालिकाका ईञ्जिनीयर सागर शर्माले जानकारी दिनुभयो । गाउँपालिकाका नौ वटै वडाहरुमा सो परिमाणमा सडक ढलान भएको उहाँको भनाई रहेको छ । स्तरोन्नती गरिएका सडकको ढलानको चौडाई साँढे तीन मिटर देखि पाँच मिटर सम्म रहेको छ ।

ADVERTISEMENT

२१ करोड लागत अनुमान रहेका विभिन्न सडकहरुमा ढलानको काम समाप्त भई भुक्तानी दिइएको कालिञ्चोक गाउँपालिकाले बताएको छ । गत आर्थिक वर्षमा गुमुखोला–स्याउली–भदौरे–सिमस्वारा–पोखरे सडकमा सबैभन्दा बढी १ हजार एकसय मिटर, क्याम्पस – मलेपु सडक ६०३ मिटर, कटुवाचौर– सन्द्रावती सडमा ६५५ मिटर तथा सिंगटी संस्कृतग्राम सडकमा १८० मिटर सडकमा ढलान गरिएको छ । यसैगरी कुविन्डे–नरभुई सडकमा ४५० मिटर, घट्टे खोला–कालिञ्चोक–गुमबेसी सडकमा ९४५ मिटर, गुजर्पा–टुटुवान सडकमा ९८१ मिटर, यावलखोला–विगु सडकमा ५३७ मिटर तथा सिस्नेरी धारापानी कमेरे सडकमा २६८ मिटर सडक ढलान गरिएको छ । यस्तै झोरुङ खोला–फलाटे – बाघखोर सडकमा ३४२ मिटर, सोरुङ–निकोभुमे सडकमा १९८ मिटर, सुनखानी–साङबा सडकमा ८४९ मिटर तथा सिंगटी–संस्कृत ग्राम सडकमा थप ४९८ मिटर सडक ढलान गरिएको कालिञ्चोक गाउँपालिकाको तथ्याङ्क छ ।

सिस्नेरी–धारापानी–कमेरे सडक बाहेका अन्य सडकमा ढलानको काम ठेक्का मार्फत सम्पन्न भएको गाउँपालिकाका प्रबक्ता सूर्यबहादुर आचार्यले जानकारी दिनुभयो । सिस्नेरी–धारापानी–कमेरे सडक भने उपभोक्ता समिति मार्फत दुई खण्डमा काम भएको गाउँपालिकाले जानकारी दिएको छ ।

ढलानको काममा गुणस्तरीयता कायम गर्न गाउँपालिकाका प्राविधिकहरुलाई निरन्तर अनुगमनमा खटाइएको गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले बताउनु भयो । कतिपय ठाउँमा आफूले निरिक्षण गर्दा कमी कमजोरी भएको पाउँदा काम दोहो¥याउन समेत लगाएको अध्यक्ष शिवाकोटीको भनाई रहेको छ । विकासका प्रमुख पूर्वाधारहरु मध्ये सडक महत्वपुर्ण भएकोले गाउँपालिका भित्रका कच्चि सडकको स्तरोन्नति गर्ने काम लाई चालु आर्थिक वर्षमा पनि संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गर्दै निरन्तरता दिइने कालिञ्चोक गाउँपालिकाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?