काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरूले काठमाडौंको फर्पिङ सतिखेलस्थित हृयाप्पी चिल्ड्रेन होमलाई ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् ।
१४ वर्षदेखि सञ्चालनमा रहेको चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा पाएपछि डिष्ट्रिक्ट ३२५ जेको रिजन १२, जोन ३ र ४ अन्तर्गतका क्लबहरूले चामल, ग्याँस, चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न र स्टेशनरी सामग्री सहयोग गरेका हुन् ।
जोन चेयरपर्सन लायन रोशनकुमार श्रेष्ठले आगामी दिनमा संस्थासँग मिलेर सांगीतिक कार्यक्रम गरी हृयाप्पी चिल्ड्रेन होममा सहयोग गर्ने बताउनुभयो । रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठ, जोन चेयरपर्सन लायन रोशनकुमार श्रेष्ठ, लायन बद्रीनाथ ढकालको सक्रियतामा सहयोग वितरण गरिएको लायन्स क्लबले जनाएको छ ।
आवश्यकता भएको स्थानमा सहयोग गर्ने लायन्स क्लबको उद्देश्यअनुरूप हृयाप्पी चिल्ड्रेन होमलाई सहयोग गरिएको रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा