मुरली चोकमा पनि एभरेष्टको शाखा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंकले शुक्रबार जनकपुरको मुरली चोकमा १२७औँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन जनकपुर उपमहानगरपालिका ४ का वडाध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गर्नुभएको हो ।

ADVERTISEMENT

सो अवसरमा बैंकका मधेश प्रदेशका प्रादेशिक-प्रबन्धक विभूति न्यौपानेलगायत विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो । पछिल्लो शाखासँगै जनकपुरमा बैंकको शाखा संख्या दुई पुग्नुका साथै मधेश प्रदेशमा १४ पुगेको बैंकले जनाएको छ । पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकले १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज