ओलीको टिप्पणी : एमालेपछि चान्स कांग्रेसकै हो तर, कांग्रेसले अहिले माओवादीको ढाकर बोक्याछ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिले भ्रष्टाचारको विरुद्धमा बोल्नै नसकेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष ओलीले कांग्रेसले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँधमा बोकेर हिँडिरहेको टिप्पणी गर्नुभयो ।

आज काठमाडौंमा आयोजित जनवर्गीय संगठनको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले अहिले कांग्रेस दुर्गतिको बाटोतर्फ अघि बढेको आरोप लगाउनु भयो ।

ADVERTISEMENT

‘भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन । जितिहालिन्छ भनेर उपरखुट्टी लगाएर बस्ने हो भने हामी कांग्रेसकै हालतमा पुग्छौं । अहिलेको कांग्रेस हेरे हुन्छ, कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति। उहाँले भन्नुभयो ।

'एमालेपछि जित्ने चान्स अलि अलि कांग्रेसको पनि हो। तर कांग्रेस माओवादीको ढाकर बोक्याछ,' उहाँले भन्नुभयो। माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको कान समातेर डोर्‍याइरहेको उहाँको भनाइ छ ।

'कांग्रेसको दुईपट्टि टिलिक्क परेको जुत्ता लगाएर, खुट्टा झारेर प्रचण्डले कांग्रेसको कान समातेर उफारेका छन्। कांग्रेस लुरुलुरु हिँडेको छ,' उहाँले भन्नुभयो, 'जित्ने कांग्रेसको भाग्य पनि थियो अलिकति। तर अब कठैबरा मात्र भन्न सकिन्छ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?