स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ : अर्थमन्त्री महत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताउनुभएको छ ।

बिहीवार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरुलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताउनु भयो । उहाँले कोभिड–१९ पछि नेपाली युवाहरु टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताउनु भयो। उहाँले युवाहरुसँग सीप तथा क्षमता हुने बताउँदै उद्यमी बनाउन स्टार्टअप फण्डको व्यवस्था समेत सरकारले गरेको बताउनु भयो ।

उहाँले युवा उद्यमीहरुले टेक्नोलोजी क्षेत्रमा लगानीका लागि सहयोग खोजेको भन्दै सफ्टवेयरहरु उत्पादन गर्नेहरुलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनु भयो। उहाँले सरकारले स्टार्टअप उद्यमीहरुले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेको पनि बताउनु भयो। उहाँले अन्य क्षेत्रहरु भन्दा अहिले टेक्नोलोजी क्षेत्रमा अवसर राम्रो रहेको बताउनु भयो।

ADVERTISEMENT

उहाँले भन्नुभयो,‘ टेक्नोलोजी क्षेत्रमा लगानी बढाउने कुरा छ । त्यसमा राज्यको सहयोग खोजिएको छ । टेक्नोलोजी क्षेत्रको विकास तिब्र रुपमा भइरहेको छ । कोरोना महामारीपछि युवाहरुले सफट्वेयरहरु निर्यात गर्न लाग्नुभएको छ । स्टार्टअप उद्यम गर्ने टेक्नोलोजी सफ्टवेयर निर्यात गर्नेहरुलाई अनुदानको व्यवस्था गरेका छौं । सरकारले स्टार्टअप उद्यमीहरुले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेका छौं । अन्य क्षेत्रहरु भन्दा अहिले राम्रो व्यापारिक क्षेत्र टेक्नोलोजी भएको छ । यसमा धेरै अवसरहरु पनि छन् । सफ्टवेयर बनाउने कम्पनीहरु रजिस्टर गर्न समेत छुट राज्यले दिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादन गर्छ । त्यसलाई १ लेभलमा सरकारले प्रोत्साहन गरेको छ तर परिसंघ त्यसमा खुस्शी देखिएको छैन । विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरु भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई एक लेवलको अनुदान दिएका छौं । आगामी दिनमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जानेछ ।’

उहाँले सरकारले ‘इनोभेसन नलेज’ लाई व्यवसायको रुपमा लैजानको लागि लगानी गरी उद्यम गर्नेहरुलाई कम्पनी दर्तामा समेत छुटको व्यवस्था गरिएको बताउनु भयो। उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादनलाई एक किसिमले प्रोत्साहन गर्ने नीति लिएको बताउनु भयो । उहाँले विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरु भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई अनुदान दिएको बताउनु भयो । उहाँले आगामी दिनमा नेपालमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जाने विश्वस व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज