मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

रासस
रासस
Read Time = 5 mins

काठमाडौं । गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा  नियन्त्रणमा आएको छ । प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

“मुस्ताङ र मनाङमा लम्पी स्किनको सङ्क्रमण केही रोकिएको छ, अरु जिल्लामा सङ्क्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ”, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रिष्म न्यौपानेले भन्नुभयो, “गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ ।” उहाँका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको सङ्क्रमण देखिएको छ ।

मुस्ताङको लोमान्थाङ, लो-घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण नदेखिएको महाशाखा प्रमुख डा न्यौपानेले जानकारी दिनुभयो । विसं २०७७ मा पहिलोपटक कास्की, तनहुँ र नवलपुरमा देखिएकामा हालसम्म प्रदेशका ५८ हजार नौ सय ८२ गाईभैँसी सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ । “सङ्क्रमितमध्ये दुई हजार दुई सय ८४ गाईभैँसीको मृत्यु भएको छ भने २७ हजार एक सय १८ गाईभैँसी निको भएका छन्”, उहाँले भन्नुभयो, “बाँकी सङ्क्रमित गाईभैँसीको अहिले पनि उपचार भइरहेको छ ।”

गण्डकीमा कूल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म एक लाख तीन हजार दुई सय ३० गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको महाशाखा प्रमुख डा न्यौपानले जानकारी दिनुभयो । “जिल्लास्थित भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ । सङ्क्रमित पुश भेटिए तुरुन्त औषधोपचार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।”

ADVERTISEMENT

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जिल्लामा रोगको सङ्क्रण भित्रिएपनि फैलन नपाएको बताउनुभयो । “ज्यादै कम सङ्ख्यामा रोगको सङ्क्रमण देखिएको थियो, अहिले नियन्त्रणमा आएको छ”, उहाँले भन्नुभयो, “खोप अभियानलाई तीव्र बनाएका छौँ, पशु प्राविधिक गाउँगाउँ खटिनुभएको छ ।”

हिमाली जिल्लामा गाईभैँसीपालन कम हुने भएकाले पनि रोग नियन्त्रण गर्न सहज भएको केन्द्रका प्रमुख कुसुमको भनाइ थियो । चरिचरनमा लैँजादा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोगलगायत कारणले ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको उहाँले बताउनुभयो । सङ्क्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन् ।

उक्त रोगको औषधि पत्ता नलागेकाले खोप नै बढी प्रभावभारी हुने महाशाखा प्रमुख डा न्यौपानले बताउनुभयो । उहाँका अनुसार लामखुट्टे, किर्नाजस्ता टोक्ने किराबाट ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको छ । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा रोग निको हुने उहाँले जानकारी दिनुभयो ।

‘लम्पी स्किन’ रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ । सयममै सङ्क्रमण नियन्त्रण गर्न नसके ठूलो पशुधनको क्षति व्यहोर्नुपर्ने अनुमान नेपाल पशु चिकित्सा परिषद्ले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?