कालीमाटी तरकारी बजारमा धर्ना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ । बिहीबार बिहान सञ्जालले बिनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टल खुला प्रतिस्पर्धामार्फत् भाडामा लगाउन माग गर्दै धर्ना दिएको हो ।

धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन सुरु भएको बताउनुभयो । उहाँले सरकारले किसानको हक हितविरुद्धका नीतिहरू बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनीसमेत दिनुभयो ।

ADVERTISEMENT

अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘कृषि क्षेत्रको आन्दोलन सुरु भएको छ, हामी सशक्त रूपमा अघि बढ्नेछौँ । कृषि क्षेत्रविपरीत नीति ल्याउन पाइँदैन । मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नलगियोस् ।’ सञ्जालले कालीमाटी तरकारी बजारका ५० प्रतिशत स्टल किसानका लागि छुट्याउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज