जियो कृषि एप मार्फत कृषक डिजिटल सेवा दिँदै

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । अन्नको भण्डारको रुपमा परिचय बनाएको बर्दियामा पछिल्लो पटक आधुनिक खेतिको विकास हुँदै जाँदा किसानहरुमा पनि खेतिपातीको प्रविधि विषयमा जानकारी लिन थालेका छन् ।

परम्परागत रुपमा खेति गर्दै आएका किसानका लागी आधुनिक प्रविधि भित्रिएसँगै बोट विरुवामा आउने समस्या र समाधानको विषयमा पनि जानकारी लिने बानीको विकास बढ्दै जाँदा किसानको मनोवल पनि बढ्दै गएको छ । बर्दियामा किसानले पछिल्लो पटक डिजिटल कृषि तथा पशु परामर्श सेवा लिन थालेपछि किसानहरुलाई सो सेवाको लागी कार्यालयसम्म जानुपर्ने बाध्यता हटेको छ ।

कृषकले सहि समयमा सहि सूचना, समयसापेक्ष जानकारी साथै विश्वासनीय र सजिलै प्रयोगमा ल्याउन सकिने जियो कृषि परामर्श सेवा लिइरहेका छन् ।

ADVERTISEMENT

बर्दियामा जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्रले कृषकहरुलाई प्रविधिसँग जोड्ने काम गरिरहेको छ । केन्द्रले असल कृषि अभ्यास, मलखादको उचित प्रयोग,मौसम जानकारी , बाली तथा पशु स्वास्थ्य जाच,बजार मुल्य,स्थान अनुरुप स्मार्ट जानकारी गराइरहेको जियो कृषि कार्यक्रमका कार्यक्रम निर्देशक रवि तन्डकारले बताउनु भयो । उहाँले एसएमएस परामर्श सेवाहरु, कृषक दर्ता, जलवायु मैत्री कृषि सम्बन्धि जानकारी साथै कृषक हरुका लागी इचौतारी स्थापना गरी जियो कृषिले धेरै भन्दा धेरै कृषकलाई सहि समयमा सहि सूचनाको प्रवाह गर्ने लक्ष्य राखेको बताउनु भयो । बर्दियामा कार्यक्रम सुरु भएको २ वर्षको अवधिमा यो अनलाईन सेवा लिने कृषकको सख्या २ हजार २ सय १० जना भन्दा रहेका छन । कृषकले लगायका कुनै पनि बालिमा समस्या देखिएमा तत्कालै जियो कृषि एपमार्फत सन्देश पठाएको केहि समयमै सोको विषयमा जानकारी प्राप्त गर्न सकिने छ यसले कृषकलाई कार्यालय सम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।

गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गौतमले यो किसानको लागी महत्वपुर्ण भएको हुँदा यसलाई प्रचारप्रसारको आवश्यकता भएको बताउनु हुन्छ । कृषिको विकासका लागी गुलरियामा जियो कृषिको ठुलो योगदान रहेको हुँदा सहकारी संग समन्वय गरेर जान र त्यसमा नगरपालिकाले महत्वपुर्ण समन्वय गर्ने बताउनु भयो ।

जियोकृषिका बाँके,बर्दिया कृषि कार्यक्रम अधिकृत मुकेश मिश्रले जियो कृषिका माध्यमबाट कृषकले छिटो भन्दा छिटो समस्या समाधान गर्न सकिने बताउनु हुन्छ । उहाँका अनुसार कृषकहरुले एप मार्फत पठाएका समस्या विज्ञहरुले केहि समयमै जवाफ पठाउने भएका कारण यस प्रति कृषकको प्रयोग बढदै गएको छ । जियोकृषिले बाली तथा पशु स्वास्थ्य जाँच समेत गर्दै आएको छ साथै इअनलाई मार्फत विज्ञसंगको अन्तवार्ता समेत इचौतारीमार्फत कृषकहरुका विचमा पुरयाउने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?