काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ।
लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।
आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन्।
आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म दिन सकिनेछ।
आवेदन अनलाइनबाट दिन सकिनेछ।







Breaking news with related posts