काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०२१/०२२ मा प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन- सिल्भर अवार्र्ड प्रदान गरेको हो ।
एक कार्यक्रमबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले हिमालयन डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत निरज सुवेदीलाई अवार्ड हस्तान्तरण गर्नुभयोे । हिमालयन डिस्टिलरीको वित्तीय प्रतिवेदन विवरणको विस्तृत व्याख्या, संस्थागत सुशासनको जानकारी तथा अन्य वित्तीय तथ्यको वास्तविक तथ्य आमलगानीकर्तालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिरहेको र अवार्डले कम्पनीलाई आगामी दिनमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ ।
पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागिसमेत प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । उत्कृष्ट मदिरा उत्पादन तथा बिक्रीमा सफल हिमालयन डिस्टिलरीका उत्पादन गोल्डेन ओक, ब्लु ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन अयला लोकप्रिय छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच