आलोचना धेरै हुन्छ होला भनेको थिएँ, कम आलोचना भयो, धन्यवाद : सभापति देउवा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रिय समितिको बैठकमा कम आलोचना भएकोप्रति खुशी व्यक्त गर्नुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले धेरै आलोचना हुन्छ भन्ने सोचेपनि कम आलोचना भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले काँग्रेसमा सबै नेताहरु एक सय एक भएको कुरा केन्द्रिय समितिको लाइभले प्रमाणित गरेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘म त धेरै आलोचना होला भनेको कम भयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु । काँग्रेसमा सबै एक सय एक साथीहरु हुनुहुन्छ । लाइभ पनि देखायौँ, दुनियाँले हेरे । काँग्रेसमा कोही भन्दा कोही कम छैन । अर्को मिटिङको पनि डेट फिक्स गर्ने भए गरौँ केही छैन ।’
सभापति देउवाले पार्टीको केन्द्रिय समितिको अर्को बैठक तोकेर जान पनि कुनै समस्या नरहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज