जुम्लाको तिलामा वाइसीएलको पालिका कमिटि गठन, अध्यक्षमा रावत

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) जुम्लाको तिला गाउँपालिकाको कमिटीमा भीम बहादुर रावतको अध्यक्षतमा पालिका कमिटि गठन भएको छ ।

मंगलबार तिलाको रारासेरी बजारमा वाइसीएल तिला गाउँपालिका कमिटिले आयोजना गरेको गाउँपालिका स्तरीय भेलाबाट रावतको नेतृत्वमा ५१ सदस्यीय बाईसीएल पालिका कमिटी गठन भएको नवगठित अध्यक्ष रावतले बताउनुभयो ।

कमिटिको उपाध्यक्षमा तपेन्द्र कठायत,सचिबमा कमल बोहोरा, कोषाध्यक्षमा परे नेपाली,सहचिवमा राजन बुढा,सदस्यहरुमा बशन्त शाही, पर्व बहादुर रावत,प्रशान्त नेपाली,अमर सार्की, उपराज रावत लगायत रहेको बाईसीएल तिला पालिका कमिटले जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य लक्ष्मीकन्या बुढाले संबिधान, संघीयता, राष्ट्रियता र गणतन्त्र लगायत राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताउनुभयो ।

ADVERTISEMENT

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले संगठनलाई थप मजबुद गर्ने र युवा शक्तिलाई ससक्त रुपमा अगाडि बढाउन तीनवटै सरकारले विशेष रणनीति ल्याएर अघि बढ्नुपर्ने दिन आएको बताउनुभयो । स्थनीय सरकारले गरेका गविधिबारे चासो राख्न र गलत काम गर्नेलाई खबरदारी गराउन वाइसीएलको जिम्मेवारी रहेको प्रदेश कमिटी सदस्य धितालको भनाइ रहेको छ ।

तिला गाउँपालिका निवर्तमान उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य विष्णुमाया बुढाले वाइसीएल अब देश निर्माण र पार्टीलाई बलियो बनाउन तिर लाग्नुपर्ने दिन आएको बताउनुभयो ।

त्यस्तै तिला गाउँपालिका पार्टी इन्चार्ज रामबहादुर रावत,तिला पार्टी अध्यक्ष विरबहादुर बुढा,तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया,उपाध्यक्ष गोरीकला बुढा, वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता जंगबहादुर बुढा, प्रेस सेन्टर जुम्ला अध्यक्ष विजय रावत, वाइसीएल जुम्ला जिल्ला,इन्चार्ज हंस रावत, अध्यक्ष हरीकृष्ण,रावत लगायतले शुभकामना मत्तव्य राखेका थियो ।

कमिटी गठनपछि अब वाईसियले जनतासँग जोडिएका मुद्दाहरुमा काम गर्ने र विकास निर्माण लगायतका क्षेत्रमा डटेर लड्ने वाईसियल तिला गाउँपालिका इन्चार्ज गोविन्द्र रोकायाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?