२२ जना प्रहरी कर्मचारी आफूखुसी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीले आफूखुशी कार्यालयमा गैरहाजिर रहेक २२ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अनुरोध गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

सम्पर्कमा नरहनुभएका प्रहरी हवलदारमा इलाका प्रहरी कार्यालय कात्तिके देउराली, काभ्रेमा दरबन्दी हुनुभएका प्रेमराज दुरा हुनुहुन्छ ।

त्यस्तै प्रहरी वृत्त बालाजुमा दरबन्दी रहनुभएका सुनिता महर्जन, नेपाल प्रहरी पहरा गण, गुल्म १ सामाखुशीमा दरबन्दी हुनुभएका सरू कार्की, कोशी प्रदेश प्रहरी गण, विराटनगरमा दरबन्दी हुनुभएका कृष्णदेव चौहान, चितवनमा दरबन्दी हुनुभएका धर्मेन्द्र सिंह र जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी रहनुभएका मेषबहादुर राना गरी पाँच जना प्रहरी सहायक हवलदारहरू सम्पर्कविहीन हुनुहुन्छ ।

ADVERTISEMENT

विभिन्न जिल्लामा दरबन्दी रही सम्पर्कमा नरहेका प्रहरी जवानहरूमा सन्जिव देवकोटा, अर्मिला डि।सी सोनाम लामा, कविता पौडेल, पूर्ण पौडेल, अनिल कार्की, नरेन्द्र कुमार साह, रामकुमार याक्सो, बसन्त कुमार यादव, अमरनाथ पासवान, सुनिल टोमाटा , महेन्द्र थापा, किरण कुँवर, सूर्य मगर, अमित कार्की र बिपिन बिक्रम विष्ट हुनुहुन्छ ।

उहाँहरू आफूखुशी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *