काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाउनु भएको हो ।
साउन २ देखि सानेपामा जारी केन्द्रीय समितिको बैठक भोलि अपराह्न ४ बजे बस्दैछ । बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन् ।
१० वटा एजेन्डा केन्द्रित बैठकमा भोलिको बैठकमा देउवाले जवाफ दिएर टुंग्याउने तयारी छ ।






