कार दुर्घटनाको आरोप लागे पछि न्युजिल्याण्डका न्याय मन्त्रीले दिए राजीनामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

वेलिङटन । न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनलाई कार दुर्घटनाको आरोप लागेपछि उनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

दुर्घटना वेलिंगटनमा भएको थियो र त्यसपछि प्रहरीले किरी एलेनलाई हिरासतमा लिएको थियो।

न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजिनामा दिएको हुन । उसका अनुसार उनी माथी लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

ADVERTISEMENT

वेलिङटनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सो घटनाबारे प्रहरीले एक विज्ञप्तिमा भन्यो कि, राति ९ बजे रोजनेथको इभान्स बे परेडमा दुई कार एक आपसमा ठोक्किएको सुचना मिलेको थियो ।

प्रहरीलाई उद्धृत गर्दै आरएनजेडले भन्यो, ‘दुर्घटनामा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको अवस्थाबारे अनुसन्धान गर्न प्रहरीलाई सहयोग गरिरहेको छ। दुर्घटनापछि केही समयका लागि सडक अवरुद्ध भएको थियो। तर दुर्घटनामा कोही पनि घाइते भएनन्।

प्रधानमन्त्री हिपकिन्सले भने कि टक्कर पछि एलेनलाई बेपरवाह ड्राइभिङ र गिरफ्तारीको प्रतिरोध गरेको आरोपमा वेलिंग्टन केन्द्रीय पुलिस स्टेशनमा पक्राउ गरिएको थियो र लगभग १ बजे रिहा गरिएको थियो। हिपकिन्सले न्याय मन्त्रीलाई अपराध गरेको आरोप लगाउनु ठीक नभएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *