काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)को मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५८,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल १२ , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ८०, ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ५० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २७० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५०, अनार ३५० रुपैयाँ, नासपाती ६०, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १५०, हरियो धनिया ८०, लसुन हरियो ७०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २७०,रुख कटहर ४०, भेडे खुर्सानी ८० मा कारोबार भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts