‘कार्साङ’ निर्माण हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘कार्साङ’ बन्ने भएको छ । यम शेर्पाको निर्देशनमा निर्माण हुने यो चलचित्रमा नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित हुनुभएको छ । छिरिङले यो चलचित्रमार्फत नेपाली चलचत्रिमा डेब्यु गर्न लाग्नुभएको हो ।

छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । उहाँ टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेतासमेत हुनुहुन्छ । छिरिङले विश्वकै सर्वाधिक उचाइमा कोरियाग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामसमेत राख्नुभएको छ ।

ADVERTISEMENT

चलचित्र ‘कार्साङ’ यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसक्नुभएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा उहाँ निर्माताका रूपमा पनि जोडिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?