-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको मालिकागाउँपालिका-३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका ३ जना युवाले गरेको रेन्बो ट्राउट माछा पालन यस क्षेत्रकै नमूना माछा पालन व्यवसाय बनेको छ ।
कलकल बगीरहने संङ्लो, सफा अनि चिसो पानीलाई सदुपयोग गदैं विदेशबाट फर्किएका तीन यूवाले खहरे खोलामा रेन्बो ट्राउट जातको माछा पालन गरेका हुन् ।
१० बर्ष कतार र मलेसिया विताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट २ बर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्षेत्रकै नमुना माछा पालन बनेको छ ।
टिमुरे खोला नजिकै बनाइएको पोखरीमा ५ हजार माछाका भुरा हुर्किएपछि उत्साहित यूवाले थप पोखरी निर्माणमा जुटेका छन् । विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुर रोकाले बताउनुभयो ।
“माछाका अण्डा ल्याएर व्यवसायसुरु गरेका थियौ, अहिले निकै राम्रो भएपछि थप संरचना थप्दै छौ”रोकाले बताउनुभयो ।
उहाँले दुध जस्तै संग्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको जानकारी दिनुभयो । खाडीमा बगाएको पसिना भन्दा गाउँघरकै हावापानीमा ब्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि तीनैजना यूवा उत्साहित छन् ।
अहिले पोखरीमा २ सय ग्रामदेखि आधा केजीसम्मको माछा छ । सामान्य तालिम लिएर सुरू गरेको माछा पालनलाई थप ब्यवस्थित बनाउन यूट्युव, विभिन्न जानकारीमुलक पुस्तकबाट समेत सिक्ने गरेको अर्का यूवा पूर्णबहादुर रोकाले बताउनुभयो ।
“माछा पालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन, दिनरात खट्नु पर्छ, उत्पादन गरेका माछाको बजार राम्रो छ” उहाँले भन्नुभयो ।हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि बिक्री वितरणमा समस्या नभएपछि २ बर्षभित्र १० वटा पोखरी, खोलाको छेउमै बसेर माछा विशेष परिकार खुवाउने गरी रेष्टुरेन्ट सञ्चालनको योजना समेत बनाएको ब्यवसायी रोकाले जानकारी दिनुभयो ।
उहाँले माछापालन, रेष्टुरेन्टसहित अन्य कृषिजन्य उत्पादनको सोच समेत बनाउनु भएको छ । हालसम्म ७ लाख लगानी भएको छ भने थप २० लाखको लगानी थप्ने योजना रहेको उहाँले बताउनुभयो । ट्राउट माछा लोकप्रीय र सबैको रोजाइ रहने माछा हो । खानमा स्वादीलो, बीच बाहेक काँडा नहुने र प्रोटिन युक्त पोषिलो माछाका रुपमा ट्राउट लिने गरिएकाले गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत उच्च माग छ । यस क्षेत्रमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछा पालन सफल भएपछि अन्य यूवाहरुलाई समेत ब्यवसायमा लाग्न सहज भएको छिमेकी बेलीगाउँका यूवा संगम पुन मगरले बताउनुभयो ।
रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ, उक्त हावापानी खहरे खोला र बाह्रै महिना चिसो भएको क्षेत्रमा रहेको छ । रेन्बो ट्राउट माछा प्रतिकेजी १२ सयमा पोखरीबाटै बिक्री हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच