युक्रेनले ५० प्रतिशत भूभाग फिर्ता ल्याएको अमेरिकन विदेश मन्त्रीको दाबी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

वासिंग्टन डिसी । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको दाबी गरिरहेका छन् ।

तर, यसैबीचमा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भूभाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनले आफुले गुमाएको ५० प्रतिशत भाग फिर्ता लिन सफल भएको दाबी गरेका छन । सीएनएनसँगको अन्तर्वार्तामा ब्लिन्केनले युक्रेनले निकै कठिन युद्ध लडेको पनि बताएका छन ।

ADVERTISEMENT

युक्रेनले रुसबाट आफ्नो भूभाग मुक्त गराउनका लागि गरेको प्रतिआक्रमण अझै प्रारम्भिक चरणमा छ । ब्लिन्केनले युक्रेनी आक्रमण एक वा दुई हप्तामा अन्त्य नहुने बताएका छन । उनका अनुसार यो प्रति आक्रामण धेरै महिनासम्म जारी रहनेछन्।

उता, योसँगै युक्रेनले अर्को वर्ष नाटोको सदस्यता पाउने आशा गरेको छ ।

युक्रेनका विदेशमन्त्री ओलेस्की रेज्निकोभले आउँदो वर्ष हुने नेटो शिखर सम्मेलनमा यो संगठनको सदस्य बन्न सक्ने बताएका छन् । अर्को वर्ष वासिङ्टनमा हुने शिखर सम्मेलन हुदैँछ, संगठनले ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा हुने सो सम्मेलन बिशेष मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज