काठमाडौं । क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको राष्ट्रिय एकता सम्मेलन ललितपुरको कुपण्डोलस्थित पार्टी कार्यालयमा यही साउन ६ गते सम्पन्न भएको छ । सर्वहारा वर्गीय क्रान्तिको रक्षा र विकासमा क्रान्तिकारी बुद्धिजीवीले वर्तमान परिस्थितिलाई वैज्ञानिक तरिकाले चिर्दै अघि बढ्ने उद्घोषका साथ यो सम्मेलनको आयोजना गरिएको हो । दुई बुद्धिजीवीे संगठन राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च नेपाल र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनबीच एकता गरी क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालको गठन गरिएको छ ।
राष्ट्रिय एकता सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रमुख अतिथि हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा क्रान्तिकारी बुद्धिजीवी संगठन नेपालका इन्चार्ज रामसिहं श्रीस र राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च नेपालका अध्यक्ष हुकुम सिहंलगायत विभिन्न बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले गर्नुभएको थियो ।
सम्मेलनमा उपस्थित महानुभावहरुलाई प्रवक्ता बास्तोलाले शुभकामना मन्तव्यसहित बुद्धिजीवीहरूलाई कार्यनिर्देश गर्दै उहाँले भन्नुभयो, ‘कुनै पनि पार्टीको बे्रन बुद्धिजीवी संगठन हो । पार्टीको नीति विचार तथा कार्यदिशा बुद्धिजीवीहरुले राम्रोसँग जनतासँग लैजान सक्छन् । यदि त्यो राम्रोसँग बुद्धिजीवीहरूले लैजाने हो पार्टी बलियो तथा क्रान्ति चाँडै सम्भव हुनेछ । मुलुकमा बढ्दो भ्रष्टाचार छ । लोकतन्त्र बद्नाम भएको छ । लोकतन्त्रलाई बचाउन पनि अहिलेका सत्ताधारीले अपराधीहरूलाई कारबाही गर्नुपर्ने बाध्यता छ ।’ उहाँले सम्मेलनलाई सम्बोधन गर्दै मुलुक ऋण र अनुदानबाट चलेको छ बताउनु हुँदै नेपाललाई सर्तबन्दीका आधारमा मात्र ऋण तथा अनुदान दिइएको छ । यो कार्य विल्कुलै गलत रहेको उहाँको धारणा थियो ।
सम्मेलनमा संगठनका इन्चार्ज राम सिंह श्रीसले दुवै बुद्धिजीवी संगठनहरू एकताबद्ध भई अघि बढ्नु कम्युनिष्ट आन्दोलनको अपरिहार्यता रहेको बताउँदै शुभकामना मन्तव्य दिँदै प्यानल प्रस्ताव प्रस्तुत गर्नु भएको थियो जसलाई सर्वसम्मत ढंगले पारित भएको थियो । राष्ट्रिय एकता सम्मेलनलाई राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्चका अध्यक्ष हुकुम सिंहले शुभकामना मन्तव्य दिँदै विधान प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले शुभकामना मन्तव्यमा बुद्धिजीवीहरू अध्ययन बहस र अन्तक्र्रियामा सामेल हुनुपर्ने भन्दै बुद्धिजीवीहरूमा अहिले अध्ययनको कमी रहेको भावना राख्नु भयो ।
सम्मेलनमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका सहसंयोजक नन्दलाल खरेल र राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । राष्ट्रिय एकता सम्मेलनको अध्यक्षता नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन संयोजक बालकृष्ण ओलीले गर्नुभयो भने कार्यक्रममा सहभागी बुद्धिजीवीहरूलाई रविन श्रेष्ठले स्वागत गर्नु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts