खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । खल्तीको वार्षिक अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा आठ लाख ६८ हजारभन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार ३१ गते सफलतापूर्वक सम्पन्न भएको छ । करोडौंको अफरमा प्रमुख उपहारमा छवटा पल्सर एन १६०, दुईवटा आइफोन १४, वानप्लस ११, डाइमण्ड रिङ तथा अन्य उपहार समावेश थिए । त्यसबाहेक प्रयोगकर्ताले प्रत्येक भुक्तानीपछि स्क्र्याच कार्ड प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट ५० वटा स्मार्टवाच, ३० वटा इयरबड, पाँच सयवटा चलचित्र टिकट र करोडौं मूल्यका कुपन प्राप्त गरेका थिए ।

ADVERTISEMENT

पाँचवटा पल्सर बाइक विजेता बिटु साह कलवार, प्रदिप धिताल, लक्ष्मण डेली स्टोर, नरेन्द्र महर्जन र निहाल आयुर्वेदिक फर्मा (बोनस राउण्ड) रहेका छन् । अन्तिम लाइभमा दुईवटा पल्सर एन १६० र बोनस राउण्डका विजेताका साथै अरू बम्पर उपहार आइफोन १४, वानप्लस ११ र डाइमण्ड रिङका भाग्यशाली विजेता घोषणा भएका थिए । दुई महिना अवधिमा अन्य उपहार र कुपन जस्तैः स्क्र्याच कार्डमार्फत् दुई करोड ९० लाखभन्दा बढी र खुत्रुकेमार्फत् पाँच करोड ३० हजारभन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?