न्यायिक सुधार विधेयकको विरोधमा इजरायलमा प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

जेरूसलम । इजरायलमा न्यायिक सुधार विधेयकको विरोधमा ठूलो संख्यामा प्रदर्शनकारीले र्‍याली निकालेका छन् ।

न्यायिक सुधार विधेयकलाई लिएर यसअघि नै हंगामा भइसकेको छ । विधेयकमा अन्तिम मतदान अर्को हप्ताको सुरुमा हुनै लाग्दा प्रदर्शनकारीहरूले नेसेट नजिकै टेन्ट सिटी स्थापना गरेर बिरोधमा उत्रिएका हुन ।

तेल अभिभ र जेरुसेलममा प्रदर्शनकारीहरूले न्यायिक परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन् । सो क्रममा प्रहरीले चार प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार नेतन्याहु सरकारले देशको न्यायिक प्रणालीमा सुधार गर्ने प्रस्ताव ल्याएको छ, जसलाई लिएर शनिबार बिशाल प्रदर्शन भएको हो । विधेयक कार्यान्वयनमा आएपछि सरकारले न्यायाधीश नियुक्तिको अधिकार पाउने छ । विधेयकलाई कानुन बन्न थप दुई मतले पारित गर्नुपर्ने आवाश्यक रहेको छ ।

केही सञ्चारमाध्यमका अनुसार विधेयकका कारण देश दुई घेरामा विभाजित हुन पुगेको छ । र, यो विधेयकले इजरायलको इतिहासमा सबैभन्दा ठूलो विरोध आन्दोलनलाई जन्म दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

ADVERTISEMENT

इजरायली जनताले नेतान्याहु सरकारविरुद्ध सरकारको योजना देशको अनुसन्धान प्रणालीमाथि आक्रमण भएको आरोप लगाएका छन्। न्यायलयलाई सरकारको नियन्त्रणमा राख्ने नेतान्याहु सरकारको यस्तो कदमले लोकतन्त्र खतरामा पर्ने उनीहरुको भनाई रहदैँ आएको छ ।

नेशनल काउन्सिल अफ यहुदी महिलाकी प्रमुख शीला काट्जले केही समय अगाडि भनेकी थिइन् कि, ‘यो न्यायिक सुधारको बारेमा हुदैँ होइन, यो लोकतन्त्रको बारेमा हो। अदालतहरू पवित्र छन्। अदालतहरू जनताको अधिकारको रक्षाका लागि हुन्छन्, त्यसैले अदालतलाई राजनीतिबाट टाढै राख्नु पर्छ ।’

मिडिया रिपोर्टका अनुसार उता नेतन्याहु सरकारको न्यायिक सुधार नीति अन्तर्गत अदालतको शक्तिमा उल्लेख्य कमी आउनेछ। यो बिधेयक पारित भएमा अदालतको कुनै पनि निर्णयलाई संसदमा बहुमतले परिवर्तन गर्न सक्नेछ । अदालतले संसदले बनाएको कानुनको पुनरावलोकन गर्न सक्ने छैन् । इजरायली संसदमा नेतान्याहुको बहुमत भएकोले उनी अदालतको कुनै पनि निर्णयलाई उल्टाउन सक्षम छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पेस मेकर जडान गर्ने प्रक्रियाबाट गुज्रिरहेका छन्। प्रधानमन्त्रीको कार्यालयले आइतबार बिहान सो जानकारी दिएको हो । नेतन्याहूलाई उनको कार्यालयले डिहाइड्रेसनका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज