तीन लाख सोह्र हजार भ्रष्टाचार मुद्दा छानबिन

Read Time = 1 min

बेइजिङ । चिनियाँ सरकारको अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानबिन गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजारजनामाथि कारबाही गरिएको छ ।

ADVERTISEMENT

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन अनुसन्धान तथा राष्ट्रिय अनुगमन आयोगमा सोही अवधिमा १६ लाख ८० हजार उजुरी परेका थिए । तीमध्ये आठ लाख २८ हजार उजुरीउपर आवश्यक कारबाही गरिएको छ । अनुसन्धानका क्रममा एक लाख ७० हजारवटा सामान्य गल्तीका मुद्दा पनि नियामक निकायका अधिकारीले निरूपण गरेका छन् । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज