-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईको सरकारी गाडी शनिबार दुरूपयोग गरेको भेटिएको छ । शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी गाडीको दुरुपयोग गर्नुभएको हो ।
उहाँले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ । शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुम्नुभएका ढकाल दिउँसो पाल्पाको नुवाकोटमा पुगेर रक्सी पार्टी गरेको बुझिएको छ । उहाँले बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर घुमफिरमा निस्किनुभएको हाे ।
आफ्ना केही साथीहरु तथा नीजि विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट पुग्नुभएका उहाँले स्कुलको अनुगमनमा निस्किएको र खाजाखानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिनुभयो ।
शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने उहाँले यसअघि पनि पटक–पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कुनै पनि सरकारी गाडी शनिबार वा विदाको दिन प्रयोग गर्नुपरे, अनुमति जारी गर्नु पर्ने भएपनि साउन ६ गते शनिबारका लागि कुनैपनि पास वा अनुमति जारी नगरिएको स्पष्ट पार्नु भयो ।
ढकाल अघिल्लो शनिबार बिना पास नै बुटवल सुख्खानगरमा नीजि कन्सल्टेन्सी उद्घाटन कार्यक्रममा सरकारी गाडीसहित पुग्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच