एनआइसी एसिया २६ औँ वर्षमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया बैंक २६औँ वर्षमा प्रवेश गरेको छ । सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पसाथ सुरू भएको बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २६औँ वार्षिकोत्सव मनाउन गइरहेका छौँ । बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै थप नयाँ उचाइ र आयामसहित अनुकरणीय बैंकिङ सेवा प्रदान गर्नेछ ।’

ADVERTISEMENT

बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
फोटो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?