काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट, गुड फर पेमेन्ट चेकको अनलाइनमार्फत् आधिकारिकता जानकारी लिन सकिने सुविधा ल्याएको छ । सानिमा बैंकद्वारा जारी ब्यालेन्स सर्टिफिकेटको आधिकारिक उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्युआर कोड स्क्यान गरेर तथा बैंकको आधिकारिक वेबसाइटमार्फत् लिन सकिनेछ ।
त्यसैगरी बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको पनि व्यवस्था गरेको छ । जसअन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइटमार्फत् लिन सकिने बैंकले जनाएको छ ।






