इपानमा विज्ञ सल्लाहकार समिति

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ । ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञलगायतका व्यक्तिलाई समितिमा मनोनयन गरिएको इपानले जनाएको छ ।

जसमा पूर्वअर्थमन्त्री एवं जलस्रोत सचिव डा. शंकर कोइराला, इपानका पूर्वअध्यक्ष डा. सुवर्णदास श्रेष्ठ, डा. सन्दिप शाह, जलविद्युत् उद्यमी डा. आत्माराम घिमिरे, जलविद्युत्विज्ञ डा. कृष्णप्रसाद दुलाल, ई. ज्ञानेन्द्रलाल प्रधान, पूर्वकानुन सचिव उदय नेपाली श्रेष्ठ, भूराजनीतिक विश्लेषक एवं जलविद्युत् उद्यमी अरुणकुमार सुवेदी, पूर्व जलस्रोत राज्यमन्त्री एवं उद्यमी हरिप्रसाद पाण्डे, उद्यमी मोतीलाल दुगड, पूर्वऊर्जा सचिव सुमन शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी र जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारीलाई मनोनयन गरिएको इपानले जनाएको छ ।

ADVERTISEMENT

विधानमा भएको व्यवस्थाबमोजिम यसअघि २१ सदस्यीय सल्लाहकार समिति र हाल विज्ञ सल्लाहकार समिति गठन गरिएको इपानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज