बूनपामा आर्थिक अनियमितताको आशंकामा ज्ञापनपत्र बुझाइयो

पारदर्शिता कायम गर्ने मेयरको प्रतिबद्धता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका स्थानीय सरकारहरूमा बढ्दै गएको व्यथिति र भ्रष्टाचारका विरुद्धमा संयुक्त राजनीतिक दलहरू एकै ठाउँमा उभिएका छन् । सार्वजनिक कोषको दुरुपयोग गरेको विषय तथा पालिकामा मौलाउँदै गएको व्यथिति, घट्दै गएको नैतिक मापदण्ड र आर्थिक अनीयमितताका विषयलाई लिएर नगरपालिकाभित्रका राजनीतिक पार्टीहरू जवाफदेहिता र कानुनी सुसासनको माग गर्दै एकजुट भएका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाभित्र भएका आर्थिक व्यथिति, विसंगति र अनियमितताका विषयलाई लिएर स्थानीय राजनीतिक दल नेपाली कांग्रेस बूढानीलकण्ठ नगर सभापति राजाराम बुढाथोकीको नेतृत्वमा नेकपा माओवादी केन्द्र बूढानीलकण्ठ नगर अध्यक्ष भाइनारायण श्रेष्ठ एवं नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगर संयोजक निरञ्जन नेपालले संयुक्त रूपमा हस्ताक्षर गरेको ज्ञापन पत्र लिएर नगरपालिकाको कार्यालयमा पुग्नु भएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा ‘भ्रष्टाचारको गहिरो अनुसन्धान, बलियो आन्तरिक अनुगमन संयन्त्रको कार्यान्वयन, भ्रष्टाचारमा दोषी पाइएकालाई कानुनी कारबाही गर्नुपर्ने’लगायत १० बुँदे माग राखिएको छ ।

ADVERTISEMENT

दलहरूका तर्फबाट राजाराम बुढाथोकी, भाइनारायण श्रेष्ठ र निरञ्जन नेपालले नगरपालिकाभित्र विविध व्यथिति, विसंगति धेरै भएको भन्दै १० बुँदे विषयको ज्ञापन पत्र पढेर सुनाउनुभएको थियो । ज्ञापन पत्र लिँदै मेयर अधिकारीले सबै बुँदा तथा विषयमा आफूले गम्भीरताका साथ काम गर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाभित्रको इमानदारीता र पारदर्शिताको सिद्धान्तलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै आरोपको निष्पक्ष छानविन गर्ने र दोषी पक्षलाई कानुनको पूर्ण पालना गराउने आश्वासन पनि दिनु भएको छ । ज्ञापन पत्र बुझाउनेसँगै स्थानीयको भिड बढेपछि प्रहरीले समन्वयकारी भूमिका खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *