खोटाङमा पोखरीमा डुबेर एकको मृत्यु

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खोटाङ । खोटाङको हलेसीतुवाचुङ नगरपालिका-९ सल्लेस्थित माथिल्लो चिचिङ्गाका ६२ वर्षीय केसरमान राईको पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय पञ्चाकाली पशुपालन समूहले सिंचाईका लागि बनाएको पोखरीमाडुबेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।

ADVERTISEMENT

प्रनाउ मुकारुङका अनुसार मंगलबार अन्दाजी अपरान्ह १ बजे पौडी खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा मृतक राईलाई सोही ठाउँमा बस्ने १६ वर्षीय निशान राईले फेला पारेका थिए ।

पोखरीबाट उद्धार गरी बाहिर निकाल्दा राई मृत अवस्थामा थिए । मृतक राईको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?