काठमाडौं । अमेरिकी प्रविधिबाट उत्पादित ट्रु मीका उत्पादन नेपाली बजारमा भित्रिएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमबीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु मीका विभिन्न उत्पादन औपचारिकरूपमा सार्वजनिक गर्नुभएको हो ।
नेपालका लागि कारोबारको आधिकारिता पाएको कम्पनी ट्रु ड्र मा एसए प्रालिका अध्यक्ष मुरारकाका अनुसार ट्रु मीका उत्पादन तीन महिनादेखि नेपाली बजारमा परीक्षणस्वरूप बिक्री सुरु गरिएको र सकारात्मक प्रतिक्रियापछि औपचारिकरूपमा कारोबार सुरु गरिएको हो । अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएकाले उपभोक्ताको बढी आकर्षण देखिएको उहाँको भनाइ थियो ।
ट्रु मी उत्पादनका लागि ब्राण्ड एम्बेसडर तथा सिनियर ब्युटी स्पेसलिस्ट रुस्का वैद्य श्रेष्ठले क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादित तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकाले ट्रु मीका उत्पादन विश्वासयोग्य रहेको बताउनुभयो । नेपाली बजारमा आधिकारिकरूपमा १७ प्रकारका ट्रु मीका हेयर केयरका उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts