कृषि सहकारी संघको आपत्ति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले सरकारद्वारा संरक्षित देशभरको एकमात्र थोक तथा खुद्रा कृषि बजार कालिमाटी कृषि बजारका ५० प्रतिशत स्टल किसानका लागि छुट्याउन माग गरेको छ । संघले स्थापनाकालदेखि नै सरकारका विभिन्न निकाय, पदाधिकारी, सचिव एवं मन्त्रीहरूसँग कालिमाटी बजारमा किसानको पहुँच स्थापित गराउन पटक-पटक अनुरोध गर्दै आएको स्मरण गर्दै पुनः माग दोहोर्‍याएको हो ।

संघले कालिमाटी कृषि तरकारी बजारका ५० प्रतिशत स्टल किसानका लागि छुट्याउन माग गरेको छ ।

ADVERTISEMENT

सम्बन्धित पदाधिकारीहरूबाट ५० प्रतिशत स्टल किसानका लागि छुट्याउने आश्वासन पाए पनि आश्वासन कार्यान्वयन नभएको संघको भनाइ छ । पछिल्लो समय सरकारले दिएको आश्वासनलाई बेवास्ता गर्दै पहिलेदेखि पसल सञ्चालन गर्नेहरूलाई बिनाप्रतिस्पर्धा अपारदर्शी ढंगबाट दिने प्रक्रिया अघि बढाएको भन्दै संघले आपत्ति जनाएको छ ।

संघद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘किसानलाई आश्वासन र विश्वास दिलाउने तर कार्यान्वयन नगर्ने यो परिपाटीले फेरि पनि यो बजारबाट किसान नभई बीचमा रहेर काम गर्ने बिचौलियालाई मात्र फाइदा पुग्ने भएकाले ७७ वटै जिल्लाका किसानको प्रतिनिधित्व गर्ने यो संघ सरकार र सरोकारवाला निकायलाई यो प्रक्रिया तत्काल रोकी किसानका लागि ५० प्रतिशत पसल छुट्याउन हार्दिक अपिल गर्दछ ।’ सरकारले देशकै एकमात्र थोक तथा खुद्रा कृषि बजारमा किसानलाई बेवास्ता गर्दै अघि बढेको खण्डमा ७७ वटै जिल्लाका किसान आन्दोलित हुन बाध्य हुने पनि संघका अध्यक्ष खेमबहादुर पाठकले चेतावनी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज